Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी सेवाका मेहता राष्ट्रिय गीत लिएर नेपाली संगीतिक दुनियाँमा

काठमाण्डौ : नेपाल प्रहरीमा कार्यरत झोटन मेहता राष्ट्रिय लिएर प्रस्तुत भएका छन् । हिमाल मेरो भन्छन कोही, पाहाड मेरो भन्छन कोही ‘वोल गीत लिएर गीतकार एवं गायक मेहता नेपाली संगीतिक दुनियाँमा आएका हुन् ।

करिव १ दर्जन जति गीतलेखेका मेहेताले आफुले लेखेको एवं गाएको हिमाल मेरो भन्छन कोही, पाहाड मेरो भन्छन कोही वोलको गीतलाई भिडियो वनाई दर्शकहरुमाझ आउने नेशनल पावर न्यूज डट कमलाई वताएका छन् ।

राष्ट्रिय भावले ओतप्रोत उक्त गीतलाई हाम्रो साझा नेपाल एल्वममा समावेश गरिने मेहताले वताएका छन् ।

पस स्टुडियोमा रेर्कड गरेको उक्त गीतलाई आम दर्शक श्रोताहरुले मन पराउनेमा मेहता ढुक्क देखिएका छन् । उनले छिटै यो गितको म्युजिक भिडियो समेत बनाउने बताएका छन् ।

उक्त भिडियो नेपाली फिल्मी जगतका महानायक राजेश हमालको अभिनय रहने उनले जानकारी दिएका छन् ।

द्धन्द्धकालदेखि नै प्रहरी सेवामा कार्यरत मेहता सुनसरी इनरुवाका निवासी हुन् । उनले आफ्नो पेशाका साथै साथै संगीतिक क्षेत्रको लागि समेत महत्वपूर्ण योगदान दिने बताएका छन् ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्