Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकरण सहमतिलाई अनुमोदन गर्न एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौँ : नेकपा एमाले स्थायी कमिटीको बैठक आकस्मिक बसेको छ । ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा कमिटीको आकस्मिक बैठक बसेको हो । बैठकमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने विषयमा भएको सहमतिलाई पार्टी बैठकबाट नै अनुमोदन गर्नको लागि आकस्मिक बैठक डाकिएको एमालेका एक नेताले बताए।

उनका अनुसार आज तीन बजे बस्ने पार्टी संयोजन समितिको बैठकअघि पार्टीबाट अनुमोदन गराउन बैठक बसेको छ। स्रोतले भन्यो, ‘स्थायी कमिटीको बैठक बसेपछि संयोजन समितिको बैठक बस्छ र त्यस बैठकबाट पनि पार्टी एकीकरणको अनुमोदन हुनेछ। र केही दिनमा पार्टी एकीकरण हुनेछ।’

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्