Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनै तहमा गरि २० जना न्यायाधीश नियुक्तिको तयारी

काठमाडौँ : देशको तिनै तहमा नयाँ न्यायाधीश नियुक्तिको तयारी थालिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले बुधबार न्यायपरिषद् बैठक डाकेका हुन् । यसअघि न्यायाधीशहरू नियुक्तिका लागि शुक्रबारै बैठक बसे पनि निर्णय हुन नसकेपछि परिषद् अध्यक्षसमेत रहेका पराजुलीले दोस्रो पटक बैठक डाकेका हुन् ।

हाल सर्वोच्चमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ न्यायाधीश रिक्त छन् । जिल्ला अदालतका लागि केही साताअघि खुला प्रतिस्पर्धाअन्तर्गत लिखित परीक्षासमेत लिइएको छ । त्यसबाट ३० जना नियुक्त गर्ने तयारी छ । सर्वोच्च अदालत स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश एवं न्यायपरिषद् सदस्य दीपकराज जोशी बिदामा रहेका बेला बैठक डाकिएको छ । परिषद्का वरिष्ठतम सदस्य रहने कानुनमन्त्री यज्ञबहादुर थापा पनि यसैसाता पदमुक्त हुँदैछन् ।

स्रोतका अनुसार बुधबार बिहान साढे १० बजे डाकिएको बैठकमा न्यायाधीश नियुक्तिको विषय नै मुख्य एजेन्डा हो  प्रधानन्यायाधीश पराजुलीले कानुनमन्त्री थापा र परिषद्का अर्का सदस्य रामप्रसाद सिटौलाको समर्थनमा ठाडो प्रस्ताव लगेर न्यायाधीश नियुक्ति प्रयास गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्