Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा, अन्तिम निर्वाचन परिणामको पर्खाइ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजिनमा पत्र समेत तयार रहेको तर निर्वाचनको अन्तिम परिणाम आए लगतै राजिनामा आउने बताए । ‘निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँछ ।’उनले भने तर, उहाँको राजीनामा निर्वाचन आयोगमा निर्भर रहने छ ।

उनका अनुसार निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएमा बुधबारै राजीनामा दिने देउवाको तयारी छ । ‘ताजा जनादेश आएपछि उहाँ एक मिनेट पनि पदमा बस्न इच्छुक हुनुहुन्न तर त्यसका लागि अन्तिम परिणाम आउन बाँकि छ ।’ उनले भने उहाँले पत्रमा हस्ताक्षर समेत गरेर गोजिमा राख्नु भएको छ । यता परिणाम आउछ उता उहाँको राजिनामा पनि आउने छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्