Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुमका एक युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम : सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन् ।

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताएका छन् ।

उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । “मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो, २१ वर्षे ओलीले भने, “यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश ग¥यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।
सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए । रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ । यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उनले बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्