Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकको ‘सोसल एन्टरपेनरसीप अवार्ड’ नेपाली कम्पनीलाई

काठमाडौं : विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले प्रदान गर्ने सामाजिक व्यवसाय (सोसल एन्टरपेनरसीप) ग्रान्ड अवार्ड २०१७ नेपाली युवाले जितेका छन् । फेसबुकसँग जोडिएका विश्वका ७ करोड व्यवसायीमध्ये अभिनव खनाल सहसंस्थापक रहेको बिन भोयेजले ५५ लाख नेपाली रुपैयाँ (५५ हजार अमेरिकी डलर) बराबरको अवार्ड जितेकाे हाे ।

फेसबुकले आफ्ना सघन प्रयोगकर्ता भएका उत्तर अमेरिका, ल्याटिन अमेरिका, एशिया प्यासिफक तथा इएमइए (युरोप, खाडी तथा अफ्रिका) क्षेत्रका कम्पनीमध्ये तीन कम्पनीलाई क्षेत्रीय अवार्ड र एउटालाई ग्रान्ड अवार्ड प्रदान गरेको हो । दक्षिण अमेरिका क्षेत्रका लागि वी अालाइजका सहसंस्थापक कलिंग किलाेरन, एशिया प्यासिफिक वाटर रूमका सहसंस्थापक भिन्सेन्ट लाेका युराेप, खाडी तथा अफ्रिका क्षेत्रका लागि गिफ्टेड ममका सहसंस्थापक एलिन एन्टिफले पाएका छन् ।

क्षेत्रीय अवार्ड पाउनेहरूलाइ फेसबुकले ५ हजार डलर बराबरकाे विज्ञापन नि:शुल्क प्रदान गर्नेछ । ग्रान्ड अवार्ड विजेता बिन भाेयेजलाइ फेसबुकले ५५ हजार अमेरिकी डलर बराबरकाे विज्ञापन नि:शुल्क दिनेछ । फेसबुकले प्रदान गरेकाे यो प्रतिष्ठित अवार्ड सामाजिक व्यवसाय र कफी किसानलाई तालिम दिने अभियानका लागि कोशेढुंगा सावित हुने अभिनवले बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्