Logo
१५ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थीको आकर्षण घट्दो : मानविकी संकायको स्नातक ४ बर्षे भएन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अन्य सबै संकायको स्नातक तहलाई चार बर्से बनाए पनि मानविकी संकायमा लागू हुन सकेको छैन । विदेशी मुलुकका शैक्षिक संस्थासँग सहजै समकक्षता निर्धारण गर्न भन्दै त्रिविले चार बर्से स्नातकको योजना ल्याएको हो ।  अहिले त्रिविका ३० वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायका विभिन्न विषय पढाइ भइरहेको छ । चार बर्से बनाउने सम्बन्धमा आन्तरिक छलफल भइरहे पनि निर्णय भएको छैन ।

त्रिविले सबैभन्दा पहिला चिकित्सा र इन्जिनियरिङअन्तर्गत पढाइ हुने स्नातकलाई चार वर्षे बनाएको थियो । त्यसपछि स्नातकअन्तर्गत नै विज्ञान, व्यवस्थापन र गत वर्षदेखि मात्र शिक्षाशास्त्र संकायको पढाइ चार बर्से बनाएको थियो ।विद्यार्थी आकर्षण घट्दै गएको, विषय तथा विभागसमेत धेरै भएको र सबै विषयको पाठ्यक्रम बनाउन खर्चिलो हुने भएका कारण मानविकीको स्नातकलाई चार बर्से बनाउन कठिन भएको त्रिविले जनाएको छ । धेरै विषय भएका कारण सबैलाई चार बर्से बनाउन पाठ्यक्रम पनि धेरै डिजाइन गर्नुपर्ने र सोहीअनुसार जनशक्ति वृद्धि गर्नुपर्ने भएकाले समस्या देखिएको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डा. शिवलाल भुसालले बताए ।

उनका अनुसार मानविकी संकायअन्तर्गत अहिले ४० भन्दा धेरै मुख्य विषय छन् । केन्द्रीय विभाग मात्र दुई दर्जन छन् । ‘एउटा विषय पढ्दा त्यसअन्तर्गत अनिवार्य र ऐच्छिक गरी न्यूनतम पाँच वटा थप विषय पढ्नुपर्छ। यस हिसाबअनुसार ४० वटा मुख्य विषयका लागि ६ सय थप विषय तीन बर्से स्नातकमा पढ्नुपर्छ । यति धेरै विषय अन्य संकायमा छैन’, भुसालले भने, ‘हामी कहाँ विषय धेरै, विद्यार्थी थोरै भए । विद्यार्थी थोरै भएका विषयलाई हटाउन पनि तत्काल सम्भव छैन । सबै विषयलाई यथावत् राखेर पाठ्यक्रम बनाउँदा विद्यार्थी आउँदैनन् कि भन्ने डर एकातिर छ भने खर्चिलो पनि हुन्छ ।’

 

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्