Logo
१९ बैशाख २०८१, बुधबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारमा रहेका युवाको समूहद्धारा विद्यालयलाई सहयोग

मोरङ : वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभयो ।

अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताउनुभयो । आफूले हङकङमा विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकसँग रु एक लाख ३० हजार संकलन गरेको र ग्रुपका तर्फबाट ५० हजार थप गरी सहयोग गरिएको खापुङले बताउनुभयो ।

यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद एक लाख ७७ हजार ६०० सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्