Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषको तुलनामा महिलालाई ज्यालामा विभेद्

पाल्पा : काम र सीप हुँदाहँुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम रहेकोले दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म घर बनाउने काम गरि रु पाँच सय प्राप्त गछिन् ।

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्नुहुन्छ तर उहाँले पुरुषको तुलनामा रु तीन सय कम ज्याला बुझि उनीसंग काम गर्ने पुरुष मजदुरले रु आठ सय ज्याला बुझ्दा कुमालले रु पाँच समयमा चित्त बुझाउनु पर्छ ।

(रासस)काम र सीप अनुसार समान ज्याला दिँदै आएको निर्माण व्यवसायी मनबहादुर लामा बताउँछन् । मजदुरलाई दिनमा आठ घण्टा काम गरेबापत एक दिनको न्यूनतम पाँच सयदेखि बढीमा आठसयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ ।

धनमाया दरैले भने आठ घण्टासम्म मजदुरी गरेर दिनमा रु चार सय ज्याला पाएको ब उनले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत पाएको छैन ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्