Logo
१५ बैशाख २०८१, शनिबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसाेसिएसन अफ नेपलीज तराईयन ईन अष्ट्रेलियाको अध्यक्षमा ठाकुर

सिड्नी : अष्ट्रेलियामा रहेका तराईबासीहरुकाे संगठन एसाेसिएसन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया एन्टाकाे अध्यक्षमा अरुण कुमार ठाकुर निर्वाचित भएका छन् । सिड्नीकाे ग्रयान्भिल स्थित एक हाेटलमा भएकाे एन्टाकाे अधिवेशनमा अरुण कुमार ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी सन् २००९ यता एन्टाका उपाध्यक्षकाे रुपमा अाफ्नाे कार्यभार सम्हाल्दै अाएका थिए । अध्यक्ष पदका लागि अर्का प्रत्यासि वरुण कर्णले अाफ्नाे उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित भए ।

उपाध्यक्षमा भने युवा व्यवसायी रंजित कुमार साह चुनिए । उनकाे विरुद्ध अर्काे उम्मेदवारी नपरेपछि साह सर्वसम्मतिले नै उपाध्यक्षमा चुनिए । त्यसतै सचिवमा तुलसी साह, काेषाध्यक्षमा सनथ गुप्ता र सह-काेषाध्यक्षमा राम प्रवल चाैधरी चुनिए । कार्यक्रम संयाेजकमा भने प्रभाकर साह र सह-संयाेजकमा संताेष गुप्ता सर्वसम्मतिले निर्वाचित भए । त्यसतै कार्यसमिति सदस्यमा भने राेशन गुप्ता, अभिशेख कुमार झा, जुमादिन हवारी, अशाेक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह र सन्दिप राैनियार चुनिए ।

अगामी दुई वर्षकाे लागि नयाँ कार्यसमिति चुनिएकाे हाे । अधिवेशन पछि नवनिर्वाचित अध्यक्ष ठाकुरले “युवा जाेश र अनुभवि पदाधिकारीहरुकाे मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने र एन्टा गठनकाे उद्देश्यमा पूरा गर्न याे कार्यकाल महत्वपूर्ण हुने बताए । अधिवेशनमा निवर्तमान अध्यक्ष सुभान्स साहले अाफ्नाे कार्यकालमा एन्टाले एउटा पहिचान बनाएकाे बताउदै नयाँ कार्यसमितिले एन्टा मार्फत तराईबासीहरुकाे सामाजिक, संस्कृतिक, शैक्षिक र अार्थिक विकासमा मद्दत पुर्याउने अाशा व्यक्त गरे ।

अधिवेशन पश्चात न्यु साउथ वेल्सकाे २०१७ काे उच्च माध्यमिक तहकाे परिक्षामा ९८.७ प्रतिशत अंक ल्याएर १ प्रतिशत भित्र पर्न सफल विद्यार्थी विवेक मिश्रालाई सम्मान गरियाे । विवेक मिश्र महाेत्तरी जिल्लाकाे बथनाहा गाबिसका अंगद प्रसाद मिश्र र विभा मिश्रका जेष्ठ सन्तान हुन् । उनी कक्षा ६ देखि सिड्नि स्थित फाेर्ट स्ट्रिट हाई स्कुलबाट उच्च माध्यमिक पढाइ पूरा गरेका हुन् ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्