Logo
१९ बैशाख २०८१, बुधबार
(December 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना जारी, वाम गठबन्धनको अग्रता

काठमाडौं । मङ्सिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउन थालेको छ । बिहीवार साँझ ५ बजेबाट पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना शुरु भएको छ भने बिहीवार सम्पन्न निर्वाचनको मतगणना शुक्रवार विहानबाट शुरु भएको छ । प्राप्त मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नेकपा एमाले दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भएका छन् । हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङ दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मनाङ्बाट एमोलेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका रोमी गौचन थकालीले पराजित गरेका छन् । थकालीले ३ हजार २ सय ८१ मत ल्याए । २०७० सालको संविधानसभा निर्वाचनमा थकाली विजयी भएका थिए ।

यस्तै मनाङबाट नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ विजयी भएका छन् । पूर्वमन्त्री तथा काङ्ग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले २ हजार ३ सय मत ल्याएका छन भने प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाए ।

पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले पराजित गरेकी छिन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्यसमेत भएकी छिन् ।

प्रकाशित मिति: Dec 8, 2017

प्रतिक्रिया दिनुहोस्