Logo
१५ बैशाख २०८१, शनिबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुतुके बयान दिदै उदयशम्शेरमाथि खनिए नवराज : आफ्नो नामसँग जोडिएर चर्चामा आएको दाबी

काठमाडौं । नेपाल प्रहरीमा निकै बिवादित भएर राजिनमा दिएर राजनीति प्रवेश गरेका पुर्व डिआइजी नवराज सिलवालले शनिवार एक बुतेके बयान दिएका छन् ।  ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नवराज सिलवाल चुनावी प्रतिस्पर्धी उदयशम्शेर राणामाथि खनिएका हुन् ।

कांग्रेस उम्मेदवार एवं अर्थराज्यमन्त्री राणाको आलोचना गर्दै पूर्व डीआईजी सिलवालले यतिसम्म भने कि उदयशम्शेर भन्ने मान्छे पनि छ है भनेर मैले चिनाउनु परेको छ । आफूलाई नेपाल प्रहरीको आईजीपी बनाउनु पर्ने माग गर्दै सर्वोच्च गएका तत्कालीन डीआईजी सिलवाल मुद्दा हारेपछि एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेको केही समयमै प्रतिनिधिसभा सदस्यको टिकट पाएका उनले चुनाव प्रचार प्रचारका क्रममा मतदातासँगै धान काटेर ‘चुनावी चटक‘ देखाएका थिए । शनिबार गोदावरीमा आयोजित चुनावी सभामा भने सिलवाल चुनावी प्रतिस्पर्धी राणामाथि खनिए । निवर्तमान सांसद समेत रहेका शम्शेरकै कारण ललितपुर १ पछाडि परेको तर, आफू उम्मेदवार भएपछि देशभर चर्चामा रहेको बताए ।

उदयशम्शेरलाई कसैले पनि नचिन्ने भन्दै उनले भने, चार वर्षसम्म उदयशम्शेरको नाम कसैले सुनेको थिएन अहिले नवराज सिलवालविरुद्ध म पनि प्रतिद्वन्द्वी हुँ है भनेर अनुहार देखाएर, मेरो नामसँग जोडिएर लाइटमा आउनु भएको छ ।’ वाम गठबन्धनका उम्मेदवजार सिलवालले धान काटेर आफूले कुनै स्टन्ट नगरेको बताए ।

यदि कांग्रेसका कुनै नेताको धान काट्नु पर्नेछ र अल्छी लागेको भए आफूलाई भन्न आग्रह गरे । उनले भने, धान काट्न मलाई लाज लाग्दैन । भोलि पनि काट्छु ।’

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्