Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यसायीहरुलाई अयोधिको सल्लाह : चन्दा दिँदा चेकको प्रयोग गर्नुस्

काठमाडौं : मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन् । प्रचारप्रसारसँगै व्यवसायीबाट चन्दा माग्ने कार्य पनि गरिरहेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले व्यसायीहरुलाई चन्दा दिंदा चेकको प्रयोग गर्न सल्लाह दिएका छन् । निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले उद्योगी व्यवसायीसँग चन्दाको मितव्यीताबारे छलफल शुरु गरेको हो ।

राजधानीको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भएको छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए । राजनीतिक लाभ तथा अन्य प्रलोभनमा ब्यवसायीले दल तथा उम्मेदवारलाई आर्थिक सहयोग गर्ने गरेका छन् । तर यसरी प्रदान गर्ने सहयोग पारदर्शी हुन नसकेको भन्दै चेकको प्रयोग गर्न आयोगले सुझाएको हो ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्