Logo
६ चैत्र २०८०, मंगलबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापा घटना छानविन समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन गृहको निर्देशन

झापाको अर्जुनधाराका बालक हत्यापछि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएपछि सरकारले चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । गृहले शुक्रबार भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

असोज १४ गते हराएका अर्जुनधारा ११ का बालक ११ वर्षीय लक्ष्मण शिवाकोटी मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शुक्रबार वर्तामोडामा प्रदर्शन भएको थियो । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ५ का वर्ष ३० का नरेश थापाको मृत्यु भएको थियो ।

गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चिरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हरिहर पौडेल सदस्य छन् ।

थापाको मृत्युपछि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । घटनापछि शुक्रबार दिउँसो १ः ३० बजेबाट लगाइएको कफ्र्यू अनिश्चित समयका लागि लगाइएको छ ।

गृहमन्त्रालयकाअनुसार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ सर्वसाधारणसहित नेपाल प्रहरीतर्फ २७ जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको बीएनसी र मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गृह मन्त्रालयकाे विज्ञप्ति :

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्