Logo
६ चैत्र २०८०, मंगलबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्फ्युबीच गोली चल्दा विर्तामोडमा एकको मृत्यु

झापाको विर्तामोडमा कर्फ्युको समयमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । बिहानदेखि तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे १ बजे देखि अनिश्चितकालसम्मका लागि लगाएको कर्फ्युमा परी अर्जुनधारा नगरपालिका-११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो ।

उनको घाँटीमा गोली लाग‍ेको छ । उनको शव पोष्टमार्टमको लागि लगिएको छ । प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्फ्यु लगाइएको समयमा कर्फ्यु तोडेर इलाका प्रहरी कार्यालय विर्तामोड तोडफोडमा गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली हान्दा ३२ वर्षीय थापालाई लागेको थियो । गोली लागेपछि उपचारको लागि मेची अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिप्रका स्रोतले बताएको छ ।

घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्