Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो वहिष्कार गर्नेलाई आज रेणुले नै दिलाइन सपथ

चितवन : भरतपुर महानगरपालिकाको विभिन्न वडामा निर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिएका छन् । १२ वडा अध्यक्ष र ५६ जना सदस्यले सपथ लिएका हुन् । वडा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचित भएको प्रमाण पत्र वितरणसँगै सपथ गराएका थिए ।

५६ जना वडा सदस्यलाइ भने महानगरपालिकाकि मेयर रेणु दाहालले सपथ गराईन । सपथ ग्रहणसँगै सबै वडाका वडा अध्यक्षले कार्यभार सम्हालिसकेका छन् । २९ मध्य १४ वडामा एमाले विजयी भएको हो । तर ४ र ७ नम्बर वडाका वडा अध्यक्षले भने सपथ लिन पाएनन् ।

उच्च अदालतमा वडा अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारले निवेदन दिएका थिए । गत जेठ २१ गते उच्च अदालतले अध्यक्षको रुपमा सपथ नगराउन अन्तरिम आदेश जारी गरेको थियो । महानगरपालिकामा उप मेयर सहित कांग्रेस ६९, एमाले ७० र मेयर सहित माओवादी केन्द्रबाट ८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

एमालेले आइतबार मतपत्र च्यात्ने समेत अतिथि भएर आएको भन्दै सपथ बहिस्कार गरेको थियो । कांग्रेस र माओवादीका जनप्रतिनिधिले आइबार नै सपथसँगै पदभार ग्रहण गरिसकेका छन् । पद सम्हालेसँगै जनप्रतिनधिले काम थालेका छन् ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्