Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी भन्छन् ‘खत्री आफैंले गोली हानेका हुन्’ (भिडियो सहित)

ललितपुर : प्रहरीको ‘इन्काउन्टर’बाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लागेका प्रवीण खत्रीको मृत्यु भएको भनिएतापनि प्रहरीले भने उनमिाथी ‘इन्काउन्टर’ नभएको बताएका छन । सोमबार दिउसो ललितपुरमा गोली लागेर मृत्यु भएका प्रबीण खत्रीलाई आफुहरुले गोली नहानेको प्रहरीले जनाएको छ ।

उनी आफैंले कंचटमा गोली हानेका र उपचारका लागि लौजने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले बताए । प्रहरीले पक्राउ गर्न गएपछि खत्री आफ्नो घरको छतबाट चौरमा हाम फालेका थिए । प्रहरीले पिछा गरेपछि दुवै हातमा पेस्तोल देखाउदै प्रहरीलाई धम्काएका थिए ।

चौरकै कुनामा लडेपछि उनले दाया“ हातले आफ्नो कंचनमा गोली हानेको डिएसपी कार्कीले बताए । ‘गोली दाया ‘बाट बाया’ कन्चटमा निस्किएको छ,’ उनले भने,‘प्रहरीले एक राउन्ड पनि गोली चलाएको छैन ।’ खत्री लागूऔषधका ठुला कारोबारी भएको सूचनाका आधारमा प्रहरीले छापा हान्न गएको थियो ।

प्रहरी आएको थाहा पाएपछि उनी छतबाट भागेका थिए । उनी लागूऔषध दुव्र्यसनीका साथै कारोबारी समेत भएको प्रहरीले जनाएको छ । उनको साथबाट समेत प्रहरीले लागूऔषध बरामद गरेको छ ।

हेर्नुस भिडयो : 

भिडियो सौजन्य : प्रकाश ढुङ्गानाको च्यानल

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्