Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पेसागत र भौतिक सुरक्षापछि सञ्चार उद्योगको विकास’

 Prachand With FNJ Team

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मुद्धामा दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको टोलीसंगको भेटमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गरे ।

विष्टले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने आग्रह गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सञ्चार उद्योगको विकास दुवै दुष्टिकोणबाट हेर्नुपर्ने धारणा राखेका थिए ।

बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले नयाँ कानुन बनाउने, संविधान कार्यान्वयन गर्ने तथा भूकम्पपछिको पुनर्निर्माण अघि बढाउने सन्दर्भमा दलहरुबीच साझा धारणा बनाउन आफूले प्रयास गर्ने बताए ।  मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका सनदर्भमा मिडियाको सहयोगको अपेक्षा गरेको बताए ।

दाहालले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । ‘अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।’ दाहालले भने ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्