Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटाली हार्दा पोग्वा दुःखी: “बुफोनले रूँदै मैदान छोडेको हेर्न सकिनँ”

S Newws

एजेन्सी  । फ्रान्सका स्टार खेलाडी पाउल पोग्वा आफ्नो टोली युरोकप फुटबलको सेमिफाइनल पुग्दा निकै खुसी छन् । तर, पोग्वा खुशीसँगै त्यत्तिकै दुःखी पनि भएका छन्, इटालीले जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएर घर फर्किँदा। पोग्वाले आफ्नो इटालीले जर्मनीसँग हार्दा आफू निकै भावुक र दुःखी भएको बताएका छन् ।

पोग्वाले त्यसको कारण पनि प्रष्टरुपै भनेका छन्। जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै इटाली बाहिरिएपछि युभेन्ट्स क्लबबाट खेल्ने उनका ‘टिम मेट’ भेट्रान गोल रक्षक जियानलुइगी बुफोन रुदै मैदान छोडेको दृश्यले आफूलाई निकै दुःखी र भावुक बनाएको बताएका छन् ।

जर्मनीसँग पराजित हुँदै इटाली युरोकप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएपछि गोलरक्षक बुफोन रुदै मैदानबाट बाहिरिएका थिए। सोही दृश्यले आफूलाई निकै भावुक बनाएको र इटालीले हारेकोमा पनि निकै दुःखी भएको पोग्वाले उल्लेख गरे । ‘बुफोन रोएको दृश्यले मलाई निकै दुःखी र भावुक बनायो, टेलिभिजन अगाडि बसेर त्यो दृश्य हेर्दा निकै नमज्जा लाग्यो,’ पोग्वाले भने,‘उनी (बुफोन)महान गोलरक्षक हुन्, उनले आफूले सकेको राम्रो खेले र उस्तै इटालीको पुरै टिमले पनि खेल्यो। उनीहरुले राम्रो खेल्दा खेल्दै पनि हारे, त्यसैले यो फुटबल खेल हो।’

आइसल्याण्डविरुद्धको खेलपछि पोग्वाले पत्रकारहरुसँग भने,‘म फ्रान्स सेमिफाइनल पुग्दा धेरै खुशी छु, म रुनमात्र सकेको छैन। जित हात पार्दा निकै खुशी लाग्छ।’ पोग्वाले जर्मनीलाई जित्न निकै गाह्रो पर्ने समेत बताएका छन् । ‘सेमिफाइनल भनेको सेमिफाइनल नै हो, इटाली र जर्मनी उत्तिकै खतरनाक टोली हुन्, तर हामी प्रतियोगितामा निरन्तरत जितको खोजीमा छौं। हामी जहिले पनि दुवै टोलीलाई जित्न चाहन्छौं ।’

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्