अन्तत: सन्दीप लामिछानेलाई दियो अमेरिकी दूतावासले भिसा
काठमाडौं : अन्तत: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । आफूलाई भिसा दिएको पुष्टि सन्दीप स्वयम्ले ट्विटरबाट गरेका छन् ।
मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले ’रिभ्यु’ का लागि बोलाएर भिसा दिएको हो ।
दूतावासले सन्दीपलाई भिसा दिएको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन् ।
२१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप भिसाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए । तर उनलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो ।
Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
— Sandeep Lamichhane (@Sandeep25) August 13, 2019