Logo
६ जेष्ठ २०८१, आईतबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा मृत भेटिए माउण्टेन टिभीमा कार्यरत पत्रकार पुडासैनी

चितवन : पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत अवसथामा भेटिएका छन् ।

माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै माउण्टेन टिभीमा काम गर्न थालेका थिए । उनले सो टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्