Logo
१९ बैशाख २०८१, बुधबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्रसंघद्वारा लिबिया आक्रमणमा ‘युद्ध अपराध’ भएको सम्भावना

लिबियाको राजधानी त्रिपोलीको बाहिरी क्षेत्रमा रहेको आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण भएको छ । उक्त आक्रमणबाट युद्ध अपराध हुन सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

सो डिटेन्सन सेन्टरमा भएको हवाई आक्रमणमा कम्तिमा ४४ जनाको ज्यान गएको छ भने घाइते हुनेको संख्या १३० जना पुगेको छ ।

यता जनरल हलिफा हाफ्तारप्रति बफादारले हवाई आक्रमण गरेको लिबिया सरकारको आरोप छ भने उता जनरल हलिफाप्रति बफादारले भने सरकारप्रति आरोप लगाएका छन् । आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश शब-सहारा अफ्रिकी क्षेत्रका आप्रवासी रहेको बताइन्छ । उनीहरु लिबिया हुँदै युरोप जाने प्रयासमा थिए ।

सरकारद्वारा सञ्चालित अप्रवासी डिटेन्सन सेन्टरमा भएको आक्रमणमा परी सन्तोष श्रेष्ठ नामक एक नेपालीको नयान गएको हो ।

उक्त आक्रमणबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस्सले आफूलाई आक्रोसित बनाएको र यसबारे स्वतन्त्र अनुसन्धान हुनु पर्नेमा दबाव दिएका छन् ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्