इनरुवामा पनि भेटिए डेंगुका बिरामी
सुनसरी : दुहवीपछि सुनसरीकै सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका सांसद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएका छन् ।
इनरुवामा पनि डेंगुको बिरामी भेटिन थालेपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।
स्थानीयवासीले ज्वरोपश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पुर्याइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या बढेको आङ्कलन गरे पनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिकरूपमा इनरुवामा एक जनालाई मात्र डेंगु भएको पाइएको छ ।