Logo
१६ बैशाख २०८१, आईतबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारकर्मीविरुद्ध अफवाह फैलाउनेमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले सञ्चारकर्मीविरुद्ध अफवाह फैलाउनेलाई कानूनी कारबाहीको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसमक्ष माग गरेको हो ।

ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्मसम्मानमा चोट पुर्‍याएको समेत महासंघको निष्कर्ष छ ।

शाहीले केही समयदेखि कर्णाली प्रदेशका केही पत्रकारको नामै तोकेर सामाजिक सञ्जालमा भ्रष्टचारीको आरोप लगाउँदै आएका थिए । उनी प्रहरीको कुटपीटबाट घाइते समेत भएका छन् ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।’

सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्सायी बनाउने र असुरक्षित बनाउने गरेको समेत महासंघको ठहर छ ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्