Logo
१८ बैशाख २०८१, मंगलबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एएफसी च्याम्पियनसिपमा नेपालको छनोट अभियान, आज अस्ट्रेलियासँग भिड्दै

काठमाडौं : एसियाली फुटबल महासंघ-एएफसी यू-१९ महिला च्याम्पियनसिपको अन्तिम चरणको छनोट शुक्रबारदेखि म्यानमारमा सुरु हुँदै छ। समूह ‘ए’मा रहेको नेपालले पहिलो दिन अस्ट्रेलियासँग खेल्दै छ।

अन्तिम चरणमा २ वटा समूह र ८ टोली छन्। समूहका शीर्ष २ टोली प्रतियोगिताका लागि छनोट हुनेछन्। थाइल्यान्ड, जापान, उत्तर कोरिया र चिन छनोट भईसकेका छन्। थाइल्यान्ड आयोजक हो ।

अघिल्लो संस्करणको शीर्ष ३ टोलीका रुपमा जापान, उत्तर कोरिया र चिनले च्याम्पियनसिपमा स्थान बनाएका हुन्। प्रतियोगितामा ८ टोली रहनेछन्।

अन्तिम चरणको छनोटअन्तर्गत समूहमा नेपालले अस्ट्रेलियाबाहेक उज्वेकिस्तान र म्यानमारसँग पनि खेल्ने छ। नेपालको दोस्रो खेल आईतबार उज्वेकिस्तान र तेस्रो तथा अन्तिम खेल मंगलबार म्यानमारविरुद्ध हुने छ।

यसअघि पहिलो चरणको छनोटमा नेपाल समूह उपविजेता बनेको थियो। समूह विजेता मात्र दोस्रो चरण पुग्ने प्रावधान रहेको भएपनि थाइल्यान्ड विजेता बनेको र आयोजकका रुपमा थाइल्यान्ड यसअघि नै छनोट भईसकेकाले नेपालले दोस्रो चरणको छनोटमा स्थान बनाएको थियो। त्यतिबेला नेपालले पाकिस्तान र भारतलाई हराएको थियो भने थाइल्यान्डसँग मात्र हार ब्यहोरेको थियो।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्