Logo
१८ बैशाख २०८१, मंगलबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को राजधानी मधेश वा मध्य मधेश राख्न सुझाव

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएइको छ । प्रदेश सरकारले स्थायी राजधानी र नामकरणको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो ।

प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विवाद यतिखेर चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रबार गरेको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरूले विभिन्न आन्दोलनहरूको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका थिए।

उनीहरूले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावनाविपरीत तथा आन्दोलनका शहीदहरूको मर्म र भावनालाई समेट्नसमेत मधेश नाम राखिनुपर्नेमा जोड दिए । प्रदेशको राजधानी तथा नामका सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्चमा फसेको आरोप लगाए ।

उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामकरण, भाषा तथा राजधानी टुंग्याउनुपर्नेमा नामकरण तथा राजधानीलाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप लगाए । उनले भने, ‘सरकारले प्रदेशको नामाकरण, भाषा तथा राजधानी विधेयक सदनमा लगेर सदनबाट विशेष समिति गठन गरेर सुझाव संकलन गर्नुपर्थ्यो तर यो समिति गठन गरेर सरकारले आफ्नै लागि सुझाव संकलन गरिरहेको छ । एउटै काममा दोहोरो खर्च गरेर पेट पाल्न लागेको छ ।’

प्रदेश सांसद मण्डलले एक वर्षअघि नै अस्थायी राजधानी तय भइसकेको बेलामा भाषालाई छोडेर सरकारले आफ्नो रोटी सेक्न खोजेको आरोप लगाए । मधेशी जनअधिकार फोरम हराएर संघीय समाजवादी फोरम बन्यो, तराई मधेश लोकतान्त्रिकबाट राजपा नेपाल बन्यो, तर आज प्रदेशको नामाकरणमा मधेश कनि चाहियोरु प्रदेश सांसद मण्डलले भने ।

राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावनाअनुसार प्रदेशको नाम मधेश राखिनुपर्ने बताए । उनले मधेश आन्दोलनको नाममा पटकपटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्नसमेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने बताए ।

यता जनकपुरधाम उप-महानगरपालिकाकी उपमेयर रिता झा मिश्रले जनताले आफ्नो मत दिएर प्रदेशसभालाई प्रदेशको नामकरण, भाषा र राजधानी टुंग्याउन मत दिएकोले प्रदेशसभामा यो विषयमा छलफल हुनुपर्ने बताउँदै स्पष्ट रूपमा नामकरण बारे केही बोलेनन् ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्