Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पपीडितबाट पहिलो किस्ताबापतको अनुदान धमाधम फिर्ता

सोलुखुम्बु : भूकम्पपीडितले लिएको पहिलो किस्ताबापतको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ ।

जिल्लाको लिखुपिके गाउँपालिका-९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको प्राधिकरणका सामाजिक परिचालक माया शेर्पाले जानकारी दिए ।

विसं २०७२ को भूकम्पले लिखुपिके गाउँपालिका साविक गोली-९ का जाङ्बु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो । “आफ्नो घर पूर्ण क्षतिमा प¥यो, अनुदान पाइन्छ भनेर सबैले भने ।” शेर्पाले भने,

“मैलेपनि अनुदान बुझे अहिले तत्काल घर बनाउन नसके राज्यले दिने सेवा सुविधा कटाउँछ भनेको सुनेपछि रकमनै फिर्ता गरेको हो ।” पूर्ण क्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताए ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्