Logo
१८ बैशाख २०८१, मंगलबार
(October 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ९ जनाको मृत्यु

काठमाडौं : हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ दक्षिण कारियाली नागरिक र ४ जना नेपाली रहेका छन् ।

प्रोजेक्ट वे  ट्रेकिङ एजेन्सीबाट
७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा
हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले  घटनास्थल विकट ठाउँमा  भएकाले उद्धार कार्य प्रभावित भएको जानकारी दिँदै सो स्थानसम्म पुग्नका लागि पहल भइरहेको बताए ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा  २५ गते राति सो घटना हुन पुगेको हो ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: Oct 13, 2018

प्रतिक्रिया दिनुहोस्