Logo
२३ बैशाख २०८१, आईतबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुबाहक बसमा अज्ञात व्यक्तिद्धारा पेट्रोल बम प्रहार

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा मंगलबार बिहान एउटा यात्रु बाहक बसमा पेट्रोल बम प्रहार हुँदा एक जना सामान्य घाइते भएका छन्।

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा अज्ञात व्यक्तिले पेट्रोल भरेर आगो लगाइएको बोत्तल प्रहार गर्दा कास्की लेखनाथ १ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन् । थापाको हातमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेले बताए ।

गुडीरहेको बसमा बिहान साढे ४ बजेतिर आक्रमण भएको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका कारण रुपन्देहीमा शिक्षण संस्था, कलकारखाना, बजार र सार्वजनिक यातायातका साधन ठप्प छन्। सडकमा निजी सवारी साधान भने चलेका छन्। तौलिहवा–लुम्बिनी–भैरहवा–परासी हुलाकी राजमार्गमा भने सवारी साधन चलेको प्रहरीले जनाएको छ।

विप्लव नेतृत्वको नेकपाले पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा लगायत तीन जना नेता कार्यकर्तालाइ सरकारले पक्राउ गरेको बिरोधमा आज नेपाल बन्द गरेको हो।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्