Logo
१८ बैशाख २०८१, मंगलबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा : झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो ।

बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ । इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी सहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए ।

छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताएका छन् । हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ । (रासस)

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्