Logo
२२ बैशाख २०८१, शनिबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्तिशाली प्रधानमन्त्री भनिएका केपी शर्मा ओलीको पुत्ला दहन

काठमाडौं, २४ जेठ : प्रतिपक्षी दल नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिगरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।

प्रधानमन्त्री ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा चित्रण भइरहेका बेला नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार पुत्ला दहन गरेको हो ।

पेट्रोलियम पदार्थसहित अन्य सामाग्रीको मूल्य फिर्ताहुनपर्ने माग सहित नेविसंघल देशव्यापी विरोधका कार्यक्रम गर्दैआएको छ ।

मसाल जुलुस सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सकिसकेको छ ।

विरोध कार्यक्रम अन्तरगत उस्ले बुधबार सबै जिल्ला प्रशासन अगाडि धर्ना र चक्काजामका कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्