Logo
१८ बैशाख २०८१, मंगलबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानी राखौँ जण्डीस रोग बारेको भ्रम र यसबाट बच्ने यस्ता छन् उपायहरु

गर्मीको शुरुवात संगसंगै शहर बजारको खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस आदि रोगहरु फैलिएको वा फैलिन सक्ने सम्भावना बढ्छ । फोहोरी,बासी र फोहोर पानीका कारण लाग्ने रोग हो ।

जण्डिसबाट बच्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
२. फलफूल, साग पात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
३. सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।
४. काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
५. खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा
धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपमा साबुन
पानीले हात धोऔं ।

६. माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।
७. होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं ।
८. कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन          डुबाएर मात्र उपभोग गरौं ।

९. पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं ।
१०. खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
११. अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ
बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग
गर्नु हुँदैन ।
१२. घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान
पु¥याऔं ।
१३. उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।
१४. बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।

 

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्