Logo
५ जेष्ठ २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले बैंक तथा फाईनान्सहरुमा अबौं रुपैयाँ राख्ने (पत्र सहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ९१ करोड रुपैयाँ बराबरको रकम राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार आफ्नो बिभिन्न कोषमा रहेको एक अर्ब ९१ करोड ९० लाख रुपैयाँ एक बर्षिय मुुद्धती निक्षेपका रुपमा बैंकहरुमा राख्न लागेको हो । रकम लगानीको अवधि २०७४ फागुुन दुुई गते देखि २०७५ माघ २९ गते रहेको छ ।

कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब ५३ करोड ५९ लाख, बिकास बैंकहरुको लागि २८ करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि नौ करोड ६० लाख रुपैयाँ छुुट्याएको छ । रकम लगानी गर्न चाहने बैंक तथा फाईनान्स कम्पनीहरुले आफुुले मुुद्धती निक्षेपकोरुपमा राख्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी यही माघ १९ गते शुुक्रबार अपरान्ह एक बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुुपर्ने छ ।

रकम लगानी गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुुनुुपर्ने प्रावधान तोकिएको छ ।

 

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्