Logo
३१ बैशाख २०८१, सोमबार
(July 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE पास गरेका विद्यार्थीलाई MyPay ले मासिक ५ हजारको छात्रवृत्ति दिने

इसेवा, खल्ती, आइएमई जस्तै नयाँ स्थापित ‘माईपे डिजिटल वालेट’ ले मासिक ५ हजारसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ ।

युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई उत्तिर्ण भएका एकसय जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

एसईई पास गरेका विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो छात्रवृत्ति योजना ल्याइएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

‘नविन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसात गर्न सक्दछन्,’ मेहताले भने, ’त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ उनी यस कार्यक्रमको शुरुवात गर्न पाउँदा निकै उत्साहित रहेको समेत बताए ।

यस छात्रवृत्ति कार्यक्रममा जम्मा एकसय विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

जसमा ९९ जना विद्यार्थीले मासिक पाँच सयका दरले एक वर्षसम्म र एकजना विद्यार्थीले मासिक ५ हजारका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माईपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ ।

देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्ने माईपेले जनाएको छ । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।

अप्लाईका लागि यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति: Jul 6, 2023

प्रतिक्रिया दिनुहोस्