Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक

सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज बैठक बस्ने भएको छ ।

पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ । लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।

उनले भने, ‘सरकारमा जाने लगभग निश्चित भएको छ, कसरी जाने, कुन पद्धति र प्रक्रियामा जाने त्यस विषयमा आजको बैठकमा छलफल हुन्छ ।’

लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको थियो । तर सो प्रस्तावमा आठ दलीय गठबन्धन सहमत भएन । त्यसपछि गठबन्धनले कांग्रेसले अघि सारेको नेता पौडेलमा सहमति जनाएको थियो ।

प्रकाशित मिति: Feb 28, 2023

प्रतिक्रिया दिनुहोस्