Logo
१५ बैशाख २०८१, शनिबार
(November 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्ला (ख) मा एमालेका टेकराज पछाई विजयी

जुम्ला प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई ११ सय १२ मतले पराजित गरे ।

२० हजार ६ सय २८ मत खसेकोमा एमालेका पछाईले ७८२७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । रोकायले ६७१५ मत प्राप्त गरे ।

एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत रहेका रोकाया कांग्रेस-माओवादीको साथ रहँदा पनि पराजित बने । नेता पछाई एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।

प्रकाशित मिति: Nov 23, 2022

प्रतिक्रिया दिनुहोस्