Logo
२० बैशाख २०८१, बिहीबार
(September 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सुचकमा न्युनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हाे । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषाणा गरेका हुन् ।

प्रकाशित मिति: Sep 14, 2022

प्रतिक्रिया दिनुहोस्