Logo
१५ बैशाख २०८१, शनिबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे ।

लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो । बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक सुपर कपको उपाधि जितेको हो ।

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्