Logo
२२ बैशाख २०८१, शनिबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋत बास्केटबलमा ९६ टिम सहभागि

ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८० र महिलातर्फ १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी गराए ।

पुरुष तथा महिलातर्फको शीर्ष तीन स्थान हात पार्नेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार पाँच सय नगद पुरस्कार पाउनेछन् ।

यस्तै शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए ।

नकआउट आधारमा हुने दुई दिने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्