Logo
२३ बैशाख २०८१, आईतबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत ‘छाउपडीको वेदना’

‘लाला बाला छाडिकन कै ठौर बास भयो
झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

याे सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । याे गीत सार्वजनिक गरिएकाे छ ।

राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ ।

गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश समावेश छ ।

यस्ता जनचेतनामुलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्