Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जासुसीको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानका कर्मचारी पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका एक कर्मचारीलाई जासुसीको आरोपमा पक्राउ गरिएको छ ।

पूर्व प्रधानमन्त्री खानलाई मार्ने षडयन्त्र रचेको हल्लाको बीचमा जासुसीको प्रयास घटना बाहिर आएको हो ।

यसअघि बानी गाला वरपरका सुरक्षा एजेन्सीहरूलाई कथित खतरालाई ध्यानमा राखेर उच्च सतर्कतामा राखिएको थियो ।

रिपोर्टका अनुसार बानी गालाका एक कर्मचारीले खानको कोठामा जासुसी उपकरण राख्न खोजिरहेका थिए ।

पूर्वप्रधानमन्त्रीको सुत्ने कोठामा उपकरण जडान गर्नका लागि कर्मचारीलाई पैसा दिइएको थियो । तर, अर्का कर्मचारीले सुरक्षा टोलीलाई खबर गरेका थिए ।

जासुसी गर्न खोजेको सूचना पाएपछि बानी गाला सुरक्षा टोलीले कर्मचारीलाई हिरासतमा लिएको थियो । त्यसपछि जासुसी प्रयास असफल भयो ।

पीटीआई नेताहरूले इमरान खानको ज्यान खतरामा रहेको दाबी गरेका छन् । यति मात्र होइन, इमरान आफैंले पनि आफ्नो ज्यानलाई खतरा भएको पनि बताएका छन् ।

गत महिना उनले भनेका थिए– “मेरो ज्यान खतरामा छ । मलाई मार्न चाहने पाकिस्तान भित्र र बाहिर केही मानिस छन् । म ती सबै मानिसहरूलाई चिन्छु । मैले भिडियो रेकर्ड गरी सुरक्षित ठाउँमा राखेको छु । यदि म मारिए भने, यो भिडियोले यी सबैको नाम सार्वजनिक गर्नेछ ।”

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्