नेपालगञ्जमा कारको ठक्करबाट सडकमा हिँडिरहेका तीन जनाको मृत्यु
लुम्बिनी प्रदेश अन्तरगत बाँके जिल्लाको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइतेहरूलाई कार चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।
मृतकहरु मुस्लिम समुदायको भएकाले रोजा बसेकाले रातिमा सामान्य रुपमा हिँड्ने गर्छन् । सोही क्रममा उनीहरुलाई प्रदेश ३९०१९२३ च ८४८१ नम्बरको कारको ठक्कर दिएको थियो । कारका चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।