Logo
१८ बैशाख २०८१, मंगलबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा नेप्सेमा दोहोरो अङ्कको गिरावट !

बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । नेप्से परिसूचक २३.३२ अङ्कले घटेर २ हजार ४ सय २८.७५ अङ्कमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.२८ अङ्कले घटेको छ ।बुधबारा दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ ।

जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ । केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ । परिसूचक घट्दा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्