Logo
१८ बैशाख २०८१, मंगलबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, दुई गम्भीर घाइते

छिमेकी मुलुक उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटना दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ ।

दुई जना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्