Logo
१६ बैशाख २०८१, आईतबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्