Logo
३ जेष्ठ २०८१, बिहीबार
(October 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गर्ने नेपाल बारको तयारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणा गर्न नेपाल बार एशोसिएशनको बैठक बस्दै छ ।

कार्यसमितिको बैठक बसेर आज जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुङ्ग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।

जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।नेपाल बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन ।

प्रकाशित मिति: Oct 29, 2021

प्रतिक्रिया दिनुहोस्