Logo
३ जेष्ठ २०८१, बिहीबार
(October 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जाने

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जाने भएकी छन् ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन पुग्ने जानकारी दिएका छन् ।राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

प्रजिअ कार्कीले भने, ‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ’।

राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।राष्ट्रपति जाने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् ।

ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो ।सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ ।पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठुलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।

सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ ।

 

प्रकाशित मिति: Oct 29, 2021

प्रतिक्रिया दिनुहोस्