Logo
१८ बैशाख २०८१, मंगलबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा इनरुवामा विरोध प्रदर्शन

प्रदेश नं १ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत फेला परेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

हिरासतमा एक जना थुनुवा मृत फेला परेपछि मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन् । बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरी कार्यालय अगाडि नै टायर बालेका छन् । सुनसरीका भित्री गाउँहरुबाट समेत मानिसहरु यतिखेर इनरुवा भित्रने क्रम जारी छ ।प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

मृतकका आफन्तहरुले छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुले पनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्