भ्रष्टाचार र ब्रम्हलुटलाई ‘अपवित्र’ गठबन्धन सरकारले वैधानिकता दियो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको बताएका छन् ।
उनले मंगलबार बिहान ट्विट गर्दै पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको आरोप लगाएका हुन् ।
भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने निर्णय गरिएको भन्दै उनले भर्त्सना गरेका छन् । उक्त निर्णय तत्काल फिर्ता लिन माग समेत गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्,’वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ । भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु । यो निर्णय तत्काल फिर्ता गरियोस् ।’
पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।
यो निर्णय तत्काल फिर्ता गरियोस्— Kamal Thapa (@KTnepal) September 21, 2021