Logo
१८ बैशाख २०८१, मंगलबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला

प्रदेश नं २ अन्तर्गत रहेको धनुषा जिल्लामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला परेको छ।

धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव आज (सोमबार) फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो। पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्।

पारिवारिक विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।शव पोखरीबाट निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरीले जानकारी दिएको छ ।पछिल्लो समयमा प्रदेश नं २ का जिल्लामा शव भेटीनेक्रम बढ्दो देखिन्छ ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्